नियम ८
समितिको काम, कर्तव्य र अधिकार
यस नियमावलीमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः- (क) कोषको लागि आवश्यक नीति निर्माण गर्ने,
(ख) कोषको वार्षिक कार्यक्रम तथा बजेट स्वीकृत गर्ने,
(ग) कोषको सञ्चालन र व्यवस्थापन गर्ने,
(घ) कार्यक्रमको लागि प्रदान गरिने क्रण लगानीको आधार तयार गर्ने, त्र्रणको दर, कर्जा व्यवस्थापन शुल्क र ब्याज अनुदान रकम निर्धारण गर्ने,
(ङ) कोष मार्फत सञ्चालित कार्यक्रमको सुपरीवेक्षण, अनुगमन र मूल्याङ्कन गर्ने वा गराउने,
(च) वित्तीय संस्था, सहकारी संस्था वा अन्य निकायलाई कार्यक्रममा लगानी गर्ने वातावरण सिर्जना गर्न संघ, प्रदेश तथा स्थानीयस्तरमा आवश्यक संयन्त्र निर्माणका लागि सहजीकरण गर्ने,
(छ) कोषका कार्यक्रमको तर्जुमा, कर्जा लगानी तथा असूली, लगानीको बीमा, कार्यक्रमको मूल्याङ्कन, ब्याज अनुदान वितरण लगायतको कार्यमा स्थानीय समन्वय तथा अनुगमन समितिलाई परिचालन गर्ने वा गराउने,
(ज) कोषको विनियमावली तयार गरी स्वीकृतिको लागि मन्त्रालयमा पेश गर्ने,
(झ) कोषको सङ्गठन संरचना र कर्मचारीको दरबन्दी स्वीकृतिको लागि मन्त्रालयमा सिफारिस गर्ने,
(ज) बेरोजगार युवा जनशक्तिलाई उनीहरुको ज्ञान सीपको आधारमा स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्नको लागि सम्बन्धित अभिमुखिकरण गर्ने संस्थासँग आवश्यक समन्वय र सहकार्य गर्ने,
(ट) कोषको उद्देश्य प्राप्तिका लागि मन्त्रालयको पूर्व स्वीकृति लिई गैर सरकारी वा अन्तर्राष्ट्रिय संघ, संस्थासँग सहकार्य गर्ने,
(ठ) युवा, साना व्यवसायी वा लक्षित समुदायका व्यक्ति वा समूहलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकार, स्थानीय तह तथा अन्य संघ संस्थासँग आवश्यक समन्वय र सहकार्य गर्ने,
(ड) कार्यकारी निर्देशकलाई आवश्यक निर्देशन दिने ।